रुसले युरोपमा तेलको आपूर्ती कटौती गर्नेः एसियामा बढाउने तयारी - Asalkhabar
Logo

    रुसले युरोपमा तेलको आपूर्ती कटौती गर्नेः एसियामा बढाउने तयारी

    रुसले युरोपमा तेलको आपूर्ती कटौती गर्नेः एसियामा बढाउने तयारी असल खबर २०८० बैशाख १५, शुक्रबार ०७:०७ मा प्रकाशित

    रुसले युरोपेली मुलुकहरुमा गर्दै आएको कच्चा तेलको आपूर्ति कटौती गर्ने भएको छ । युक्रेन युद्धमा साथ नदिएको भन्दै रुसले पश्चिमामा मुलुकमा तेलको आपूर्ति घटाएर एसियाली मुलुकहरुमा आपूर्ति गर्ने योजना बनाएको छ ।

    पछिल्लो समय रुसको सम्बन्ध एसियाका ठूला मुलुक चीन र भारतसँग नजिकिएकाले पनि आपूर्तिलाई प्रभावित पारेको विश्लेषकहरुले बताएका छन् । रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले सो जानकारी दिनुभएको हो ।

    रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन कच्चा तेल र तेल उत्पादन र युरोपमा १८ करोड टन निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धित कार्यक्रममा पत्रकारहरूलाई बताउनु भएको छ ।

    यो वर्ष १४ करोड टन तेल र तेल उत्पादन पूर्वतर्फ पठाउने योजना रहेको उहाँको भनाइ छ । यस अघि भइरहेको तेलको आपूर्तिलाई घटाएर करिब ८०-९० मिलियन टन मात्रै पश्चिमतर्फ पठाइनेछ ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु