भारतमा लडाकु विमान दुर्घटनामा ३ जनाको मृत्यु, ३ जना घाइते - Asalkhabar
Logo

    भारतमा लडाकु विमान दुर्घटनामा ३ जनाको मृत्यु, ३ जना घाइते

    भारतमा लडाकु विमान दुर्घटनामा ३ जनाको मृत्यु, ३ जना घाइते सिटी पाेखरा डटकम २०८० बैशाख २५, सोमबार १४:१२ मा प्रकाशित

    सिटी पोखरा डेक्स,

    काठमाडौं । राजस्थानको हनुमानगढमा भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटना भएको छ ।

    दुर्घटनामा चालक सकुशल छन् भने जमिनमा रहेका ३ जनाको मृत्यु भएको छ र ३ जना घाइते भएका छन् ।

    भारतीय वायुसेनाका अनुसार विमान चालक दुर्घटना हुनुभन्दा पहिला नै प्यारासुटमार्फत विमानबाट निस्किएका थिए । त्यसैले उनी सकुशल छन् ।

    बहलोल नगर क्षेत्रको एउटा घरमा विमान खसेको थियो । वायु सेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

    सिटी पाेखरा डटकम

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु