यौन दूर्व्यवहार मुद्दामा पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर, करिब ६५ करोड क्षतिपूर्ति तिर्न आदेश - Asalkhabar
Logo

    यौन दूर्व्यवहार मुद्दामा पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर, करिब ६५ करोड क्षतिपूर्ति तिर्न आदेश

    यौन दूर्व्यवहार मुद्दामा पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर, करिब ६५ करोड क्षतिपूर्ति तिर्न आदेश असल खबर २०८० बैशाख २७, बुधबार ०८:२५ मा प्रकाशित

    अमेरिका न्युयोर्कको सिभिल अदालतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा म्यागजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको पुष्टी गरेको छ । छ जना पुरुष र तीन जना महिलाको निर्णायक मण्डलले एउटा सिभिल मुद्दामा करीब तीन घण्टाको छलफलपछि आफ्नो निर्णयमा पुगेको हो ।

    निर्णायक मण्डलले सन् १९९० को दशकमा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा यौन दूर्व्यवहार गरेको भनी पुष्टी गरेको छ । एक म्यागेजिनकी लेखिका ई. जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

    साथै उनले आफ्नो मानहानी समेत गरेको आरोप ट्रम्पमाथि लगाएकी थिइन् । सोही मुद्दामा ट्रम्पलाई दोषी ठहर्‍याएको बीबीसीले जनाएको छ । ट्रम्पले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा आफूलाई बलात्कार गरेको भन्ने केरलको आरोपमा भने अदालतले दोषी ठहर्‍याएको छैन ।

    निर्णायक मण्डलले करिब ६५ करोड क्षतिपुर्ति तिर्न ट्रम्पलाई आदेश समेत दिएको छ । यौन उत्पीडनका लागि ट्रम्प कानुनी रूपमा जिम्मेवार भएको यो पहिलो पटक हो । फैसलापछि क्यारोलले यो जित दुःख भोग्ने हरेक महिलाको लागि भएको बताएकी छिन् ।

    मुद्दा फौजदारीको सट्टा सिभिल कोर्टमा भएको हुनाले ट्रम्पले यौन अपराधीको रूपमा दर्ता गर्न आवश्यक नपर्ने बीबीसीले उल्लेख गरेको छ । क्यारोलको आरोप अस्वीकार गर्दै आउनुभएका पूर्व राष्ट्रपति ट्रम्प म्यानहट्टन संघीय अदालतमा दुई हप्ताको सिभिल ट्रायलमा उपस्थित भएका थिएनन् ।

    ट्रम्पले सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै अदालतको फैसला अपमानजनक भएको बताएका छन् । उनले ती महिलालाई आफूले नचिन्ने समेत उल्लेख गरेका छन् ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु