जी-सेभेन शिखर सम्मेलन आज सम्पन्न हुँदै, रुसमाथि कडा प्रतिबन्ध लगाउने तयारी - Asalkhabar
Logo

    जी-सेभेन शिखर सम्मेलन आज सम्पन्न हुँदै, रुसमाथि कडा प्रतिबन्ध लगाउने तयारी

    जी-सेभेन शिखर सम्मेलन आज सम्पन्न हुँदै, रुसमाथि कडा प्रतिबन्ध लगाउने तयारी असल खबर २०८० जेष्ठ ७, आईतवार ०६:३९ मा प्रकाशित

    जापानको हिरोसिमामा भइरहेको जी-सेभेन नेताहरुको शिखर सम्मेलनमा अचानक युक्रेनी राष्ट्रपति भ्लोदिमेर जेलेन्स्की पुग्नु भएको छ । आज समापन भइरहेको सम्मेलनको अघिल्लो दिन नै जेलेन्स्की जापान पुग्नुभएको हो ।

    जी-सेभेन सम्मेलनको संयुक्त विज्ञप्ति आउनु अघि नै भएको युक्रेनी राष्ट्रपतिको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हतारमा भएको जेलेन्स्की भ्रमणले जी-सेभेन सम्मेलनमा सहभागी नेताहरुलाई रुसको निन्दा गर्दै विज्ञप्ति निकाल्न बाध्य बनाएको थियो ।

    युक्रेनलाई अत्याधुनिक लडाकु विमान खरिदका लागि अमेरिकी स्वीकृति प्राप्त भएपछि जेलेन्स्की शनिबार अपराह्न हिरोशिमा पुग्नुभएको हो । उहाँ जी–सेभेनका साथै आमन्त्रित प्रमुख विकसित प्रजातान्त्रिक मुलुकका नेताहरूसँग सम्मेलनमा सहभागी हुनुहुनेछ ।

    जी-सेभेनमा अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान समावेश छन् । तर यो वर्ष अन्य आठ राष्ट्रहरूलाई आमन्त्रित गरिएको छैन । रुस युक्रेन युद्धमा अहिलेसम्म तटस्थ बसेको मुलुक भारतले पनि युक्रेनलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । जी-सेभेन नेताहरु रुसी युद्ध अन्त्यका लागि कडा प्रतिबन्धहरु लगाउन सहमत भएका छन् ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु