एकदिवसीय विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा - Asalkhabar
Logo

    एकदिवसीय विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा

    एकदिवसीय विश्वकप छनोटका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा असल खबर २०८० जेष्ठ ८, सोमबार २१:०२ मा प्रकाशित

    काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बावेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

    क्यानले आज २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । छनोट हुने खेलाडीमा कप्तान रोहितकुमार पौडेलसहित कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी र करण केसी छन् ।

    त्यसैगरी सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र कुशल मल्ल रहेका छन् । जिम्बावेमा आगामी जुन जुलाईमा आयोजना हुने विश्वकप छनोटमा चार टेस्ट राष्ट्रसहित १० टोलीको सहभागिता रहनेछ ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु