अन्तर वडाकप फुटबलको फाइनलमा १४ र १५ आमने सामने हुने - Asalkhabar
Logo

    अन्तर वडाकप फुटबलको फाइनलमा १४ र १५ आमने सामने हुने

    अन्तर वडाकप फुटबलको फाइनलमा १४ र १५ आमने सामने हुने सिटी पाेखरा डटकम २०८० जेष्ठ १०, बुधबार १७:१८ मा प्रकाशित

    सिटी पोखरा,

    तस्विर ः योगेन्द्र श्रेष्ठ पोखरा । पोखरामा जारी अन्तर वडा स्तरिय फुटबल प्रतियोगिताको फाइनलमा वडा नं.१४ र १५ आमने सामने हुने
    भएका छन ।

    बुधबार भएको सेमिफाइनल खेलमा १५ ले ३० लाई २–१ गोल अन्तरले पराजित गर्दे फाइनलमा प्रवेश गरेको हो । खेलको ३८ औ मिनेटमा १५ का टिम क्याप्टेन विशाल गुरुङले गोलको खाता खोलेका थिए । मन्जित थापाले डिबक्स भित्रबाट दिएको बललाई उनले जाली चुमाएका हुन ।

    खेलको १५ औ मिनेटमा वडा नं.३० का उतम जङ्ग राणाले वान भर्सैस वान बललाई सहि दिशा दिन नसक्दा गोलको खाता खोल्न सकेन ।
    खेलको ४१ औ मिनेटमा ३० का सागर गौतमले गोल गर्देै खेल बराबरीमा पु¥याएका थिए ।

    अतिरिक्त समयमा १५ का सचिन भण्डारीले हानेको कर्नरलाई अर्नमार्क रहेका सिर्जन रञ्जितले दोस्रो बार चेप्दै फस्ट टचमा हानेको बल गोलमा परिणत भयो ।

    त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा वडा नं.१४ ले २७ लाई ४–० गोल अन्तरले पराजित गर्दे फाइनलमा प्रवेश गरेको छ ।
    खेलको १७ औ मिनेटमा आशिष कार्कीले गोल गर्दे आफ्ना टिमका लागि गोलको खाता खोलेका थिए । खेलको २६ औ मिनेटमा उनै कार्कीले दोस्रो गोल गरे ।

     

    वडा नं.२७ ले खेलमा फर्कने प्रयास गरे पनि पाएको अवसरलाई गोलमा परिणत गर्न सकेन । खेलको ३९ औ र ४२ औ मिनेटमा १४ का नरेन गुरुङले थप दुई गोल गर्दे फाइनलको यात्रा पक्का बनाए ।

    फाइनल खेल भोलि बिहिबार पोखरा रंगशालाको खेल मैदानमा ११ बजे हुने प्रतियोगिता व्यवस्थापन समितिका सदस्य नर बहादुर गुरुङले जानकारी दिए ।

     

    प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार र अन्य विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फवार्ड हुनेले जनही नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

     

     

    सिटी पाेखरा डटकम

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु