देवीस्थान टाेल विकास संस्था पुर्नगठन,अध्यक्षमा कृष्णमान श्रेष्ठ - Asalkhabar
Logo

    देवीस्थान टाेल विकास संस्था पुर्नगठन,अध्यक्षमा कृष्णमान श्रेष्ठ

    देवीस्थान टाेल विकास संस्था पुर्नगठन,अध्यक्षमा कृष्णमान श्रेष्ठ सिटी पाेखरा डटकम २०८० जेष्ठ १०, बुधबार २०:५० मा प्रकाशित

    सिटी पोखरा डेक्स,

    पाेखरा । पाेखरा २५ हेमजास्थित देवीस्थान टाेल विकास संस्था पुर्नगठन भएकाे छ । पाेखरा २५ का वडा सदस्य तारा विश्वकर्माकाे संयाेजकत्वमा बुधवार बसेकाे आम भेलाबाट पुनर्गठित संस्थाकाे अध्यक्षमा कृष्णमान श्रेष्ठ निर्विराेध चयन भएका छन् ।

    यस्तै गरी संस्थाकाे उपाध्यक्षमा सम्मरबहादुर गायक, सचिवमा तारा पौडेल, सह-सचिवमा सरस्वती नेपाली र कोषाध्यक्षामा हरिमाया कुँवर चयन भए ।

    यस्तै सदस्यहरु कृष्णबहादुर कुँवर, माेहन भण्डारी,वसन्त सापकोटा र चेतनारायण तिम्सिना चयन भएका छन् ।

    यसै गरी संस्थाले ५ सदस्यीय सल्लाहकार बनाएकाे छ । जसकाे संयोजकमा संस्थाकाे निवर्तमान अध्यक्ष अर्जुन तिम्सिना,सदस्यहरुमा नारायणबहादुर कुँवर, विरबहादुर भण्डारी,चन्द्रकान्त त्रिपाठी र सीता नेपाली रहेका छन् ।

    नवनिर्वाचित अध्यक्ष कृष्णमान श्रेष्ठले समाज, टोल र छिमेकमा आवश्यक योजनाहरूको लागि पहल, सुरक्षित र सुन्दर टोल निर्माणमा हरदम इमानदारीपूर्वक लागि पर्ने वचनबद्वता जनाए ।

    उनले देवीस्थान टोल विकास संस्थाले विगतका वर्षहरूमा निकै राम्रो विकासका कामहरू गरेको उल्लेख गर्दै अब आउने दिनहरूमा पनि सबैको साथ, सहयोग र सल्लाहको अपेक्षा सहित वडाले दिएको निर्देशनमा अहोरात्र विकासका कामहरूमा अग्रपंक्तिमा रहेर काम गर्ने बताए ।

    यसअघि २०७२ सालमा गठन भएकाे यस टाेल विकास संस्थाले संस्था गठनकाे केही वर्ष सकृयताकासाथ काम गरेकाे थियाे भने पछिल्लाे एक/दुई वर्ष निष्कृय जस्तै थियाे ।

    सिटी पाेखरा डटकम

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु