
धादिङ । शितल छहारी नेपाल, धादिङले बिद्यार्थीहरुलाई कपडा बितरण गरेको छ । आज नीलकण्ठ नगरपालिका ८ मा रहेको स्वाबलम्वी बहिरा आधारभुत विद्यालयका ५२ जना विद्यार्थी र नीलकण्ठ ३ मा रहेको नमुना वौद्धिक अपाङ्गता आधारभुत विद्यालयका २५ जना बिद्याथीहरुलाई कपडा बितरण गरिएको हो ।
गर्मी मौसममा लगाउने कपडा संस्थाका अध्यक्ष बिना भट्ट पौडेलले विद्यार्थीहरुलाई हस्तान्तरण गर्नु भएको थियो । कपडा हस्तान्तरण समारोहमा शितल छहारी नेपालका सल्लाहकार द्धय कृष्ण बहादुर पौडेल र बिक्रम पौडेलको समेत उपस्थिति रहेको थियो ।
नीलकण्ठ ८ मा रहेको शितल छहारी नेपालले उक्त विद्यालयहरुमा बिगत बर्ष देखिनै आवश्यकता अनुसार आवश्यक पर्ने सामाग्रीहरु समय समयमा हस्तान्तरण गर्दै आएको र आगामी दिनमा पनि यस किसिमको सहयोगको कार्यक्रमलाई निरन्तरता दिने संस्थाका अध्यक्ष बिना भट्ट पौडेलले बताउनु भयो ।