रेडियो हेमजा एघारौं वर्षमा प्रबेश - Asalkhabar
Logo

    रेडियो हेमजा एघारौं वर्षमा प्रबेश

    रेडियो हेमजा एघारौं वर्षमा प्रबेश सिटी पाेखरा डटकम २०८० जेष्ठ ११, बिहीबार १२:१५ मा प्रकाशित

    सिटी पोखरा डेक्स,

    हेमजा ।

    हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रवेश गरेको छ । रेडियोले १० बर्ष अगी आजकै दिनदेखि आफ्नो प्रशारण सेवा शुरु गरेको थियो ।

    वि.स २०६९ असार १७ गते सुचना तथा सञ्चार मन्त्रालयबाट १ सय वाट प्रशारण क्षमताको इजाजत पत्र प्राप्त गरि बि.स २०७० जेठ ११ गते शनिवार बिहान ८ बजे रेडियोले औपचारिक प्रशारण सुरु गरेको थियो । ग्रामिण भेगका आम नागरिक समक्ष संचारको माध्यमबाट सुसुचित गराउने उद्देश्यका साथ स्थापित रेडियोले कास्कीका पोखरा महानगरपालिका, माछापुच्छ्रे, रुपा, अन्नपूर्ण तथा मादी गाउँपालिका लगायत गण्डकी प्रदेशका अन्य विभिन्न जिल्लाका नागरिक समक्ष संचारको पहुँच पु¥याएको छ ।

    साथै, रेडियोले महिला, दलित, बालबालिका तथा पिछडिएका वर्गलाई कार्यक्रममा समेट्ने गरेको छ भने कृषि, पर्यटन, वातावरण लगायतका विषयलाई प्राथमिकता दिदै आफ्ना कार्यक्रमहरु प्रशारण गर्दै आईरहेको छ ।

    रेडियो प्रशारण कालदेखि अहिलेसम्म सामुदायिक रेडियो प्रशारक संघ(सिआईएन) मा आवद्ध रही रेडियोले सिआईएनका समाचार तथा कार्यक्रमहरु पनि प्रशारण गर्दै आईरहेको छ ।

    सिटी पाेखरा डटकम

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु