त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेबाट वर्षे बिदा दिने - Asalkhabar
Logo

    त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेबाट वर्षे बिदा दिने

    त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेबाट वर्षे बिदा दिने असल खबर २०८० जेष्ठ ११, बिहीबार १५:३३ मा प्रकाशित

    त्रिभुवन विश्वविद्यालयले आउँदाे मंगलबारबाट वर्षे बिदा दिने भएकाे छ । गत सोमबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले जेठ १६ गतेपछि बिदा दिने निर्णय गरेको हाे ।

    त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरुमा पूर्वव्यवस्थाअनुसार शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई यस वर्षको वर्षे बिदा आ–आफ्नो निकायको अनुकुलता हेरेर दिनसमेत निर्देशन दिइएको जनाइएकाे छ ।

    त्रिवि रजिष्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै बढीमा २० दिन बिदा दिन सकिने जनाएको छ ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु