नियम विपरित अबैध उत्खननमा संलग्न तीनवटा जेसिबी प्रहरी नियन्त्रणमा - Asalkhabar
Logo

    नियम विपरित अबैध उत्खननमा संलग्न तीनवटा जेसिबी प्रहरी नियन्त्रणमा

    नियम विपरित अबैध उत्खननमा संलग्न तीनवटा जेसिबी प्रहरी नियन्त्रणमा असल खबर २०८० जेष्ठ ११, बिहीबार २०:४० मा प्रकाशित

    बारा- कोल्हबी नगरपालिकाले नदीजन्य पदार्थ (रोडा, ढुङ्गा, ग्रेभल र वालुवा) विक्री वितरण गर्न लगाएको ठेकदारले अनियमितता गरेको पाइएपछि प्रहरीले लालबकैया खोलाबाट तीनवटा जेसिबी नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिइएका बा ३ क ३३०८, बा १ क ८०८० र बा ३ क ३१०८ नम्बरका जेसिबीमा खोलामा अबैध उत्खनन गर्दै गरिरहेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका जेसिबी जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बारामा राखिएको छ । नम्बर प्लेट समेत नराखी अबैध उत्खनन भईरहेको जानकारीमा आएकोले ईलाका र ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

    नगरपालिकाले बा ३ क ३२२ र ना १ क ८१८४ नम्बरको दुईवटा जेसिबी खोलामा उत्खनन्‌का लागि अनुमति दिएपनि ठेकदारले पाँच भन्दा बढी जेसिबी चलाउँदै आएकाले पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक रुपेश कुमार ठाकुरले बताउनु भएको छ ।

    यसअघि पनि अबैध उत्खनन्‌ भएकोमा छवटा ट्रिपर नियन्त्रणमा लिइ डेढ लाख रुपैयाँ जरिवाना गरेर छाडिएको थियो । खोला उत्खनन्‌का लागि प्रसाई सेवा कोल्हवी, रियन्स निर्माण सेवा कोल्हवी, सिद्धार्थ निर्माण सेवा काठमाण्डौ र रामदुलारी कन्सन्सट्रक्सन कोल्हवीले यस बर्ष चार करोडमा ठेक्का सकार गरेको हो ।

    कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले ठेकदारले बदमासी गरेको स्वीकार गर्दै आफुले पटकपटक अनुगमन गरेपनि जिल्ला समन्वय समितिले अनुगमन नगरेका कारण ठेकदारले मनोमानी गरेको बताउनु भयो । अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समितिले हालसम्म एकपटक मात्र अनुगमन गरेको चौधरीले बताउनु भयो ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु