अन्तर वडास्तरिय फुटबलको च्याम्पियन १४ - Asalkhabar
Logo

    अन्तर वडास्तरिय फुटबलको च्याम्पियन १४

    अन्तर वडास्तरिय फुटबलको च्याम्पियन १४ सिटी पाेखरा डटकम २०८० जेष्ठ ११, बिहीबार २२:२० मा प्रकाशित

    सिटी पोखरा,

    तस्विर : बसन्त शेर्पा,पोखरा । पोखरा महानगरपालिका खेलकुद बिकास समितिको आयोजनामा सम्पन्न भएको वडास्तरिय फुटबल प्रतियोगिताको च्याम्पियन वडा नं.१४ बनेको छ ।

    पोखरा रंगशालामा आज सम्पन्न भएको वडास्तरिय फुटबल प्रतियोगिताको फाइनल खेलमा वडा नं.१५ लाई ४–० गोल अन्तरले पराजित गर्दै च्याम्यिन बनेको हो ।

    १४ का आशिष कार्कीले खेलको ५ औ मिनेटमा गोलको खाता खोलेका थिए । लगतै खेलको ११ औं मिनेट सिद्धान्त गुरुङले दोस्रो गोल गरे । उनले डिबक्स नजिक पाएको फ्रि किकलाई गोलमा परिणत गरको थिए । दोस्रो हाफमा प्रताप गुरुङ र याम बहादुर श्रेष्ठले समान एक एक गोल गरे ।

    जेठ ६ गते देखि सञ्चालन भएको प्रतियोगितामा पोखरा १४ का खेलाडी आशिष गुरुङ सर्वोत्कृष्ट खेलाडी धोषित भए । उनले ट्रफी र मेडलका साथमा नगद रु १५ हजार प्राप्त गरे । १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक बन्दा १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड घोषित भए । उनीहरुले जनही नगद ५/५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

    पुरस्कार वितरण कार्यक्रममा सरिक भएका पोखरा महानगरपालिका प्रमुख धनराज आर्चायले यस्ता प्रतियोगिताले खेल विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताउदै प्रतियोगितालाई महानगरपालिकाले विशेष प्राथमिकता दिने बताएका थिए । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सम्पन्न भएको खेलमा पोखरा महानगरपालिकाको ३३ वडा मध्य ३० वडाले सहभागिता जनाएको थिए ।

     

    सिटी पाेखरा डटकम

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु