समीक्षा अधिकारीको स्वरमा ‘आफ्नो-आफ्नो दुख’बोलको फिमेल भर्सन सार्वजनिक - Asalkhabar
Logo

    समीक्षा अधिकारीको स्वरमा ‘आफ्नो-आफ्नो दुख’बोलको फिमेल भर्सन सार्वजनिक

    समीक्षा अधिकारीको स्वरमा ‘आफ्नो-आफ्नो दुख’बोलको फिमेल भर्सन सार्वजनिक असल खबर २०८० जेष्ठ १२, शुक्रबार १०:४० मा प्रकाशित

    काठमाडौं,१२ जेठ । प्रसिद्ध लोक तथा दोहोरी गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष पशुपति शर्माको सुपरहिट गीत आफ्नो-आफ्नो दुख’को फिमेल भर्सन सार्वजनिक भएको छ ।  पशुपति शर्माको लय शब्द संगित तथा स्वरमा सजिएको मेल भर्सन आम नेपालीमाझ निक्कै लोकप्रिय बनेको थियो ।

    शुक्रबार उक्त गीतको फिमेल भर्सन सार्वजनिक गरिएको हो । यो गीतको फिमेल भर्सनमा चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् भने गीतको लय शब्द पशुपति शर्माको रहेको छ ।

    फिमेल भर्सनको भिडियोमा पनि उनै समीक्षा रहेकी छन् । दुर्गा पौडेलले निर्देशन गरेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

    अभिनेता पल शाहसँगको मुद्दा मामिलामा मुछिएपछि गीत संगितबाट गुमनामझै बनेकी अधिकारी विस्तारै सांङ्गितिक क्षेत्रमा फर्किन कोशिस गरिरहेकी छिन् ।

    यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो
    यो समाचार प्रति आफ्नो प्रतिक्रिया दिनुहोस्

    थप समाचारहरु
    ताजा समाचार
    Manakamana Flower
    Pokhara Diesel Ads
    New Marwadi Bhojanalay Ads

    Mohit Group Ads
    Parkland Hospital Ads
    Kishan Pipe Ads
    Okhati Soap Ads
    केहि लोकप्रिय समाचारहरु