सार्वजनिक र पुश स्वास्थ्यसम्बन्धी छलफलमा नेपाल र भारतका विज्ञ

सम्मेलनमा खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य, पशुस्वाथ्यलगायत क्षेत्रमा भइरहेका अनुसन्धान, त्यसले ल्याएको नतिजा, आगामी दिनमा चाल्नुपर्ने कदमलगायत विषयमा छलफल हुने भेटेरिनरी पब्लिक हेल्थ एशोसियसन नेपालका अध्यक्ष डा. मुकुल उपाध्यायले जानकारी दिए । उनका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका करिब एक सय ५० विज्ञको सहभागिता छ । सम्मेलनका क्रममा ५० भन्दाबढी कार्यपत्र प्रस्तुत हुनेछ ।
छलफलको निष्कर्ष नेपाल र भारतका सरकारलाई बुझाउने डा. उपाध्यायाको भनाइ छ । राष्ट्रिय भेटेरिनरी सेवालाई सवलीकरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको उनले बताए । “धेरै रोग पशुबाट मानवमा र मानवबाट पशुमा सर्ने पाइएको छ । यसलाई नियन्त्रण गर्न एक देशले मात्रै नसक्ने भएकाले क्षेत्रीय प्रयासको खाँचो आवश्यक छ”, उनले भने, “त्यसका लागि नेपाल र भातरका भेटेरिनरी पब्लिक हेल्थ क्षेत्रसँग सम्बन्धित विज्ञको सम्मेलन आयोजना गरिएको हो ।”
सम्मेलनका क्रममा दक्षिण एसिया क्षेत्रमा पशुबाट मानवमा सर्ने रोग, त्यसको नियन्त्रण तथा त्यस्ता रोगका सम्बन्धमा भएका अनुसन्धानलगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापक, डिन, उपकुलपतिलगायतको सहभागिता रहेको छ ।
सम्मेलनको उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्यसुरक्षालगायत क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताए । जुनेटिक (जनावरबाट मानिसमा र मानिसबाट जनावरमा सजिलैसँग सर्न सक्ने रोग) र अन्य सङ्क्रामक रोगको नियन्त्रण तथा खाद्य सुरक्षामा जनस्वास्थ्य र पशुचिकित्सा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले जनस्वास्थ्य क्षेत्रलाई सबल बनाउन सरकार गम्भीर रहेको बताए ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले भेटेरिनरी क्षेत्रको अध्ययन अनुसन्धानमा सक्रिय व्यक्तित्वलाई सम्मान गरेका थिए । रासस
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८० मंसिर १५, शुक्रबारएनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध कारण देखाउ आदेश
समाचार२०८० मंसिर १५, शुक्रबारजलवायु मैत्री विकास रणनीतिहरुबारे राष्ट्रसंघीय सम्मेलन गर्न नेपाल तयार छ: प्रचण्ड
समाचार२०८० मंसिर १५, शुक्रबारथोपा सिचाईको लागि सल्यानटारको सहकारीलाई पानी तान्ने मेसिन हस्तान्तरण
समाचार२०८० मंसिर १५, शुक्रबारप्रमुख प्रशासकीय अधिकृत हुदाहुदै अर्का अधिकृत ल्याएको भन्दै उपाध्यक्षको नेतृत्वमा गल्छी गाउँपालिकामा ताला