नवराजको ‘ठुली’ मा श्रद्धा र गौरवको जोडी (भिडियो)

काठमाडौं। डाक्टर नवराज प्रधानको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ । सोमबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट ‘ठुली’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा शब्द,संगीत र स्वर डाक्टर नवराज प्रधानकै रहेको छ।
भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन्। प्रेमी-प्रेमिकाको भुमिकामा यि दुई भिडियोमा प्रस्तुत छन्। पारिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथालाई भिडियोमा उत्कृष्ट तरिकाले देखाइएको छ।
गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ। भिडियोमा गौतमराज खड्काको कथा अनि निर्देशन रहेको छ। सौरभ लामाले खिचेको भिडियोलाई गौतमराज खड्काले नै सम्पादन गरेका हुन्।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २४, शनिबार १७:२१अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा विनोद उप्रेतीले उम्मेदवारी दिने
कला, विचार/मनोरञ्जन२०८३ आश्विन २४, शनिबार १५:४७राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
खेलकुद२०८३ आश्विन २३, शुक्रबार २०:१९एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश









