Home समाचार एवान ग्रेटर नेपाल यातायात प्रालीको पदस्थापना तथा सपथ ग्रहण सम्पन्न

एवान ग्रेटर नेपाल यातायात प्रालीको पदस्थापना तथा सपथ ग्रहण सम्पन्न

ए वान ग्रेटर नेपाल यातयात कम्पनी प्रालीको शनिबार

पदस्थापना तथा सपथग्रहण

कार्यक्रम पोखरामा एक समारोहका बिच सम्पन्न भएको छ। अर्जुन पौडेलको अध्यक्षता तथा संस्थाका कानुनि सल्लाहकार अधिवक्ता नारायण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका सचिव गोकर्ण केसिले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने सस्थाका सस्थापक उपाध्यक्ष देविराम पाण्डेले स्वागत मन्तब्य राख्नु भएको थियो ।

एवान ग्रेटर यातायात प्राली कार्यालयमा भएको विशेष साधारणसभा तथा प्रथम अधिवेसन बाट सर्वसम्मत निर्विरोध निर्वाचित अध्यक्ष अर्जुन पौडेल ,उपाध्यक्ष देविराम पाण्डे ,सचिव गोकर्ण केसी ,सहसचिव बल वहादुर शेर्पा , कोषाध्यक्ष महोदत्त आचार्य,सह कोषाध्यक्ष नन्दबहादुर गुरुङ,सदस्य क्रमश: ऋषिराम खाण ठकुरि ,रुद्र वहादुर गुरुङ,ठाकुर प्रसाद सुवेदी,भरत परियार,श्याम भुजेल निर्वाचित भएका थिए। नवनिर्वाचित कार्यसमिति लाई अधिवेशन निर्वाचन अधिकृत तथा अधिवक्ता प्रालिका कानुनी सल्लाहकार तथा प्रमुख अतिथि नारायण शर्माले शपथ ग्रहण गराउनु भएको थियो।

शपथ ग्रहण सहित पदिय जिम्मेवारी बारे जानकारी गराउदै नया कार्य समितिलाइ बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु हुदै प्रमुख अतिथि शर्माले कानुन जान्दिन बुझ्दिन भन्न नपाइने हुदा सबैले सवारी तथा यातायात व्यवस्था ऐनमा उल्लेख भए बमोजिम यातायातका सम्पूर्ण कानुन पालना गर्न र ट्राफिक नियम पालना गरि कानुन विपरित नगइ सवारी चलाउन आग्रह गर्दै कम्पनीमा आइपर्ने कानुनी बाधा अड्चन र समस्या समाधानका लागि आफ्नो सदा साथ रहने बताउनुभयो।

शपथ ग्रहण पश्चात प्रालिका नव निर्वाचित अध्यक्ष अर्जुन पौडेलले सार्वजनिक यातायात व्यवसाय सेवामुखी स्वरोजगार व्यवसाय भएको हुदा व्यवसायप्रति इमानदार रहेर जीम्मेवारीका साथ कम्पनी लाई अगाडि बढाउदै लैजाने प्रतिवद्दता जनाउदै कम्पनिमा आवद्द सदस्य व्यवसायीका हक हितका लागि आफू रातदिन खट्न तयार रहेको जनाउदै आगामी दिनमा कोहि कुनै पनि सदस्यलाइ मेरो एवान ग्रेटर नेपाल यातायात कम्पनी छ म त्यसको सदस्य हुँ भनेर गर्वका साथ भन्न र अनुभुती गर्न पाउने अवस्था ल्याएरै छाड्ने वताए। अध्यक्ष पौडेलले व्यवसायीक हक हित र संरक्षणका लागि आफुहरुले भलाइ कोष खडा गर्दै भै परि आउने सवारी दुर्घटना साथै सवारी दुर्घटना विमा तथा अन्य सेवा सुविधामा समेत सहजिकरण गर्दै अगाडि बढ्ने प्रतिवद्दता जानाए।
पदस्थापना तथा शपथ ग्रहण कार्यक्रममा अतिथि आइजि आइ प्रोन्डेन्टल इन्स्योरेन्स लि. का अनिल केसि, प्रभु इन्स्योरेन्स लि . का हरि सुवेदी , शिबराज बस्ताकोटि ( शिवदाइ) रमेस विक ,लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो।।

कार्यकममा सस्थापक अध्यक्ष देविराम पाण्डे एवान ग्रेटर यातायत कम्पनि प्रालीमा आवद्द स्वरोजगार चालक सदस्यहरुको समेत उपस्थिति रहेको नवनिर्वाचित अध्यक्ष अर्जुन पौडेलले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here