Home समाचार शिभिल बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारण सभा सम्पन्न

शिभिल बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारण सभा सम्पन्न

153
Google search engine

पोखरा । शिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं साधरण सभा शनिवार एक कार्यक्रमका बिच पोखरामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बालाकृष्ण कोईरालाको अध्यक्षता तथा सभामा उपस्थित संस्थाका जेष्ठ सदस्य गंगा तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष धर्मराज बराल (भोला) को विषेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कबिता भुषाल शर्माले स्वागत मन्तब्य तथा सचिव बिनोद प्रसाल लामिछानेले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा बोल्दै संचालक समिति सदस्य एल के शर्माले संस्थाको सम्पूर्ण गतिबिधिबारे प्रकाश पार्दै बजारमा जसरी सहकारीहरु जोखिममा रहेको गुनासोहरु सुनिएको छ, त्यस्तो हल्लाको पछाडि नलागिकन शिभिल बचत तथा ऋण सहकारीमा निर्धक्क भै बचत गर्न सम्पूर्ण शेयर सदस्य तथा बचत कर्ताहरुलाई आग्रह गर्नुभएको थियो । संस्थाका ब्यबस्थापक बिष्णु प्रसाद सापकोटाले सम्पूर्ण सेयर सदस्यहरुलाई संस्थाप्रतिको उत्तरदायित्व बोध गराउनुभएको थियो।

कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा लेखासमितिको प्रतिवेदन माथि छलफल गरि सर्वसहमतिमा पारित गरिएको थियो भने शिक्षा तथा सांस्कृतिक संयोजक बसन्त बास्तोलाले सेयर सदस्यहरुलाई विभिन्न कार्यक्रम मार्फत मनोरञ्जन दिनुभएको संचालक समिति सदस्य दिपक पौडेलले जानकारी दिनुभयो।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  श्रीकृष्ण प्रणामी जिल्ला समितिमा कृष्ण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here