संस्कृत युवा मञ्चको सातौं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । संस्कृत युवा मञ्च नेपालको सातौं साधारण सभा तथा सेतिगण्डकी साप्ताहिक दिव्य महाआरती स्थलमा नवनिर्मित ट्रस्टको उद्घाटन बुधवार एक कार्यक्रमका बीच पोखरामा सम्पन्न भएको छ ।
आरती स्थल पोखरा -९ शान्तिघाटमा मञ्चका अध्यक्ष विश्वराज सापकोटाको अध्यक्षता तथा पोखरा महानगरपालिका वडा नं – ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मञ्चका उपाध्यक्ष महेन्द्र पौडेलले स्वागत मन्तव्य तथा सचिव दिवाकर पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो । पोखरा महानगरपालिक वडा नं ९ को आर्थिक सहयोग र स्थानिय तथा मञ्चको जनसहभागितामा नवनिर्मित ट्रष्ट उद्घाटन साथमा मञ्चको सातौं साधारण सभा कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि मर्सानीले सनातन हिन्दु धर्ममाथि अहिले विभिन्न कोणबाट आक्रमण हुन थालेको, नदिनालाहरूलाई प्रदुषित बनाउने काम दिनानुदिन बढिरहेका बेला गण्डकी माताको संरक्षण एवं महिमा सम्बर्द्धन हेतुको लागी युवा मञ्चले सेतिगण्डकी साप्ताहिक दिव्य महाआरती गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले समाजमा राम्रो सन्देश दिएको र संस्कृत युवा मञ्चलाई यस्तै सामाजिक तथा धार्मिक कार्यमा लाग्न शुभकामना दिँदै त्यस्ता कार्यमा आफ्नो पूर्ण सहयोग र समर्थन रहिरहने बताउनुभयो । कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै विशिष्ट अतिथि बालयोगेश्वर विजय कृष्णजी महाराजले धर्म, संस्कार, संस्कृति र संस्कृतको संरक्षणका निम्ति संस्कृत युवा मञ्च नेपालले उदाहरणीय काम गरेको भन्दै संस्थाले गर्ने यस्ता राम्रा कार्यहरूमा आफ्नो साथ, सहयोग र समर्थन रहने कुराको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै उहाँले धार्मिक जागरणका निम्ति संस्थालाई देशैभरी क्रियाशील गराउनु पर्छ भन्दै प्रोत्साहन गर्नुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका सह- प्राध्यापक डा. भोलानारायण रेग्मी पोखरा महानगरपालिका वडा नं ९ का वडा सदस्य लक्ष्मी पहारी, नन्दराम गिरी, संस्थाका संस्थापक अध्यक्ष रामप्रसाद सिग्देल, निवर्तमान अध्यक्ष रामकृष्ण अर्याल, शान्तिवन बाटिका टोल विकास संस्थाका अध्यक्ष शेषनारायण पौडेलले आफ्नो भनाईहरू राख्नुभएको थियोे ।
कार्यक्रममा अध्यक्ष, सचिव तथा कोषाध्यक्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी सर्वसहमतिमा पारित गरिएको संस्थाका कोषाध्यक्ष भवानी शंकर शर्माले जानकारी गराउनु भयो ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
खेलकुद२०८३ जेष्ठ ९, शनिबार ०७:०१हैदरावाद ५५ रनले विजयी « रिपोर्टर्स नेपाल
स्वास्थ्य/जानकारी टिप्स२०८३ जेष्ठ ८, शुक्रबार २२:५९क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव
खेलकुद२०८३ जेष्ठ ८, शुक्रबार १७:३३अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित
कला, विचार/मनोरञ्जन२०८३ जेष्ठ ८, शुक्रबार ११:१५चलचित्र ‘कुम्भ’ को रोमान्टिक गीत ‘स्पर्श’ सार्वजनिक









