लेखनाथ महोत्सवमा कृषि बहस

पोखरा । एक्काइसौं संस्करणको लेखनाथ महोत्सवको पाचौं दिन सोमवार स्टेज कार्यक्रम अन्तर्गत कृषि बहस कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय उत्पादन र कृषिलाई विशेष महत्व दिइएको यो महोत्सवमा कृषि क्षेत्रका जैविक उत्पादन, प्राकृतिक जडीबुटी, स्थानीय खाद्यान्न, दूग्धजन्य पदार्थ, माछा तथा फलफूलका े व्यापारमा पनि उल्लेखनीय वृद्धि भएको पाइन्छ ।
सोमवार आयोजित कृषि बहस कार्यक्रममा माछापालक कृषक यज्ञप्रसाद आचार्य, अलैंची खेती गरिरहेका कृषक सुरेन्द्रजङ्ग क्षत्री र पोल्ट्री व्यवसायी बाबुराम गिरीले आआफ्ना कृषि क्षेत्रका अनुभव , व्यवसाय सुरु गरेदेखि हालसम्मका उतारचडाव र सफलताका कथा प्रस्तुत गरेका थिए भने बरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारीले कृषि मन्त्रालयसंग सम्बन्धित रही नीतिगत कुराहरु र कृषकहरुलाई कसरी सहयोग गरिरहेको छ भन्ने वारे जानकारी गराएका थिए । पत्रकार सुरेन्द्र पौडेलले सहजीकरण गरेको कार्यक्रममा लेउवा संघका पदाधिकारी अन्य कृषकहरु तथा दर्शकहरुको उपस्थिति रहेको थियो ।
सोमवारका लागि तय भएका रत्यौली विद्यालयस्तरीय प्रस्तुति, नृत्य, लोक दोहोरी सुगम संगीत, गायन कार्यक्रम तालिका अनुसार चलिरहेका छन् भने कवि शिरोमणि लेखनाथ पौड्यालसंग सम्बन्धित साहित्यिक कार्यक्रमका लागि संयोजक कृष्णप्रसाद ढुङ्गाना, पदमराज ढकाल,विष्णुहरि पौडेल,तारा ढकालर रक्षा भण्डारी रहेको उपसमितिले सोमवार कवि शिरोमणि लेखनाथ पौड्यालसंग सम्बन्धित प्रश्न दर्शकहरुलाई सोधेर कार्य प्रारम्भ गरेको छ ।
साहित्यिक कार्यक्रम अन्तर्गत कवि शिरोमणि लेखनाथ पौड्यालको जीवनी र कृतिहरुबाट २१ प्रश्नहरु सोधिने र विजेतालाई रु एक हजार पाँचका दरले पुरस्कृत गरिने संयोजक कृष्णप्रसाद ढुङ्गानाले वताए । यसका साथै कवि शिरोमणि लेखनाथ पौड्यालसंग सम्बन्धित विषयमा विद्यावारिधी गरेका डाक्टर बोधराज ढकाललाई यस वर्ष अभिनन्दन समेत गर्ने कार्यक्रम रहेको छ ।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=20331, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ जेष्ठ ९, शनिबार १८:५९नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारण सभा,गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शर्मा सम्मानित
समाचार२०८३ जेष्ठ ८, शुक्रबार १०:१५सानिसा कार्यक्रममार्फत गण्डकीमा लगानी र विकासका सम्भावना उजागर
समाचार२०८३ जेष्ठ ७, बिहीबार १४:५२पार्टी एकता र भावी कार्यदिशाबारे कांग्रेसको गण्डकी भेला पोखरामा हुने
समाचार२०८३ जेष्ठ ७, बिहीबार ०६:१०पोखरामा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित ट्यालेन्ट शो’ हुने







