काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतसँग खेल्दै

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप २०२६ आज (शुक्रबार) बाट सुरु हुँदैछ । काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्रा(राखेप)को कभर्डहलमा हुने च्याम्पियनसिपको पहिलो दिन तीन खेल हुँदैछन्।

बिहान ११ बजे शुरु हुने दिनको पहिलो खेलमा इरानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । दिउँसो ३३० बजे शुरु हुने दिनको दोस्रो खेलमा घरेलु टोली नेपालले साविक विजेता भारतसँग खेल्ने छ । निरुता ठगुन्नाको कप्तानीमा पहिलो अन्तर्राष्ट्रिय खेलका लागि कोर्टमा उत्रिदै गर्दा नेपाली टोली घरेलु समर्थक माझ भारतलाई हराउँदै लक्ष्यमा पुग्ने योजनामा छ ।

यस्तै, साँझ ६ बजे हुने दिनको तेस्रो तथा अन्तिम खेलमा कीर्गिस्तान र माल्दिभ्स भिड्नेछन् । प्रतियोगितामा कुल ८ राष्ट्र सहभागी छन्।

समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स रहेका छन् भने समूह ‘बी’ मा ईरान, काजखस्तान, श्रीलंका र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ।

च्याम्पियनसिप खेल्ने नेपाली टोली

निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, वसन्ती साउद, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तीकला तामाङ

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
यो पनि पढ्नुहोस् :  अमेरिकाविरुद्धको खेलमा नेपालले सहज जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Prove your humanity: 8   +   10   =