मलेसियाविरुद्ध फिल्डिङमा नेपाल, आज पनि उत्कृष्ट सुरुआत

काठमाडौं, भदौ १८ । एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ । यी दुई टोलीबीचको खेल बाङ्गीस्थित वाइएसडी युकेएम ओभलमा भइरहेको हो । नेपालले आजको खेलमा पनि उत्कृष्ट बलिङ गरिरहेको छ ।
एक्काइस ओभरमा नेपालले मलेसियाको पाँच विकेट लिइसकेको छ । जारी प्रतियोगितामा नेपाल र मलेसिया लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेटले हराएको थियो । नेपाली टोली दोस्रोपटक प्रिमियर कपको उपाधि जित्ने योजनामा छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख









