शुक्रबारदेखि लगातार ५ दिन बिदा, कुन दिन केको बिदा?

काठमाडौं । शुक्रबारदेखि मंगलबारसम्म नेपालमा लगातार पाँच दिन विशेष महत्वका दिनहरू पर्ने भएका छन्। यस अवधिमा पर्वको सार्वजनिक बिदादेखि नियमित साप्ताहिक बिदा, राष्ट्रिय शोक र सार्वजनिक बिदासम्म परेको छ।
भदौ १९ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभर सार्वजनिक बिदा छ। यही दिन गौरा पर्वसमेत परेको छ।
भदौ २० गते शनिबार नियमित साप्ताहिक बिदा हो। त्यसपछि भदौ २१ गते आइतबार पनि नियमित साप्ताहिक बिदा परेको छ।
भदौ २२ गते सोमबार भने रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। यो दिन सार्वजनिक बिदा भने होइन। राष्ट्रिय शोकका अवसरमा नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।
त्यसैगरी भदौ २३ गते मंगलबार सरकारले जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यसरी भदौ १९ देखि २३ गतेसम्म पाँच दिन लगातार पात्रोमा विशेष दिन परेका छन्। तर यी पाँचै दिन सार्वजनिक बिदा भने होइनन्।
पुरा र थप ताजा समाचारको लागि यहाँ थिच्नुहोस् ।
http://citypokhara.com/?p=22517, citypokhara.com
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:००डेनिस छन्त्याल (14SHOTS) को सम्झनामा पोखरामा बास्केटबल प्रतियोगिता, विजेतालाई १ लाख ५४ हजार पुरस्कार
समाचार२०८३ आश्विन २३, शुक्रबार ११:०६पोखरा–१४ मा जातीय विभेदको आरोप, इन्सेकद्वारा न्यायको माग
समाचार२०८३ आश्विन २२, बिहीबार १४:३७बालबालिका बेचबिखनमा आर्थिक अभावदेखि सामाजिक विभेदसम्म, उद्धारपछि पनि पुनःस्थापनाको चुनौती
समाचार२०८३ आश्विन २१, बुधबार १०:४०‘कोडदेखि कांग्रेससम्म’ अवधारणासहित ई. सुदर्शन शर्माको केन्द्रीय सदस्यमा उम्मेदवारी








