बार्सिलोनाको फराकिलो जित

काठमाडौं, भदौ २२ । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्यालेन्सियालाई ५-० गोलले हराउँदै बार्सिलोनाले लिगमा लगातार चौथो जित निकालेको हो ।
घरेलु मैदान स्पोटिफाइ क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लामिने यामालले दुई गोल गर्दा फेर्मिन लोपेज, राफिन्हा र पेड्रीले समान एक/एक गोल गरे । खेलको छैटौँ मिनेटमा यामालले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।
२२ औँ मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ५० औँ मिनेटमा राफिन्हाले गोल गर्दा बार्सिलोना फराकिलो जिततर्फ अगाडि बढेको थियो । ७९ औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ४-० गोलको अग्रता दिलाए । यस्तै ८४ औँ मिनेटमा यामालले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५-० गोलको जित दिलाएका हुन् ।
जितसँगै बार्सिलोना ४ खेलबाट १२ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १ अंक जोडेको भ्यालेन्सिया पुछारमा रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख









