भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३६६ जनाको शव भेटियो, चारहजार ७७ जना अझै सम्पर्कविहीन

काठमाडौ– भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३६६ जनाको शव फेला परेको छ । यस्तै, चार हजार ७७ जना सम्पर्कविहीन छन् ।
प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५३३ पुरुष, ३३१ महिला तथा ५०२ वटा शव आंशिक अङ्ग सहितका छन् । भेटिएका शवमध्ये हालसम्म १०२ शव आफन्तलाई हस्तान्तरण गरिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार अझै सम्पर्कविहीन रहेकामध्ये स्वदेशीतर्फ दुई हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन् । यस्तै, विदेशी नागरिकतर्फ २६९ पुरुष र ३२९ महिला सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापनलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको छ । फेला परेका शवमध्ये एक हजार १४७ वटा शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ ।
बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । बाढीपछि हालसम्म नौ हजार २५४ जना घाइतेको उद्धार गरिएको छ । जसमा पुरुष छ हजार ३८०, महिला दुई हजार ८२४ र पहिचान नखुलेका ५० जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उद्धार गरिएकामध्ये तीन हजार ३० जनालाई सुरक्षित रूपमा ‘होल्डिङ सेन्टर’मा राखिएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।
बेपत्ता व्यक्तिको पहिचान तथा फेला परेका शवको सनाखत गर्न ‘डिएनए’ परीक्षणलाई प्राथमिकता दिइएको छ । हालसम्म मृतक एक हजार २८६ जना र मृतकका आफन्त एक हजार ४१२ जना गरी दुई हजार ६९८ जनाको डिएनए नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख








