घरमा आगलागी हुँदा ७६ वर्षीय तामाङ घाइते, घरसहित अन्नपात जलेर नष्ट

धादिङ,२५भदौ । घरमा कुडो पकाउने क्रममा आगलागी हुँदा खनियाबास गाउँपालिका १ धादिङका ७६ वर्षीय कुलबहादुर तामाङ घाइते भएका छन्। आगलागीबाट उनको दुईतले कच्ची घरसहित घरमा भण्डारण गरिएको मकै र धान जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
ढुङ्गा र माटोले बनेको तथा टिनले छाएको तामाङको घरमा बुधबार बिहान कुडो पकाउने क्रममा अचानक आगो सल्किएको हो। घटनाबारे जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोष्ट डुन्डुरे, झार्लाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
आगलागीमा परी तामाङको हात, खुट्टा र अनुहार जलेको प्रहरीले जनाएको छ। घाइते उनलाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र डुन्डुरे लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल धादिङ पठाइएको छ।
प्रहरीका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ। उपचारका क्रममा उनका भतिज लसुन तामाङ साथमा रहेका छन्। आगलागीबाट घरमा राखिएको करिब २५० किलोग्राम मकै र १८० किलोग्राम धान जलेर नष्ट भएको छ। आगोले दुईतले कच्ची घर पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ।
आगलागीबाट भएको अन्य क्षतिको विवरण सङ्कलन तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख








