बाँकेमा १९३ कुष्ठरोगी « रिपोर्टर्स नेपाल

राँझा (बाँके), २५ भदौ । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा अवस्थित साइनिङ अस्पतालमा कुष्ठरोगबाट प्रभावित १९३ नयाँ बिरामी फेला परेका हुन् ।
तीमध्ये ८१ जना बाँकेका बिरामी रहेको साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी दिए । उनका अनुसार, पहिचान भएकामध्ये ६२ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पत्ता लागेको हो ।
बाँके, बर्दिया र अन्य पहाडी जिल्लाबाट स्वास्थ्य परीक्षण गराउन आएका बिरामीमा उक्त रोगका कीटाणु देखिएको थियो । “बाँके जिल्लामा कुष्ठरोग प्रकोप दर घटेको छैन, प्रत्येक वर्ष नयाँ बिरामी फेला पर्ने दर बढ्दै गएको छ”, अस्पताल प्रमुख थारुले भने, “लुम्बिनी प्रदेशमै बाँके उच्च जोखिममा रहेको छ ।”
साइनिङ अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गर्दै आएको छ । गरिरहेको उनको भनाइ छ ।
आर्थिक वर्ष ०८१/८२ मा १७४ र ०८०/८१ मा १४६ नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले समाजमा कुष्ठरोगीलाई गरिने व्यवहार, लाञ्छना र विभेद हट्न नसकेको बताउँदै राज्यले जनचेतना जगाउन र नयाँ बिरामी पत्ता लगाउन थप नयाँ नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
सरकारको कुष्ठरोग निवारण विशेष नीति तथा कार्यक्रम नभएकोले सरकारी स्वास्थ्य संस्था नयाँ बिरामी पत्ता लगाउन साइनिङ अस्पताल, आइएनएफजस्ता संस्थाको सहयोग लिनुपर्ने बाध्यता छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख









