दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म कर्णालीमा

काठमाडौँ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशका सुर्खेतलगायत विभिन्न जिल्लामा सञ्चालन हुनेछ । यसअघि राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७९ असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा भएको थियो। त्यसपछि राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको थिएन ।
मन्त्रालयले प्रतियोगितालाई भव्य, सभ्य, व्यवस्थित र सफल बनाउन प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सरोकारवालालाई योजनाबद्ध रूपमा तयारी तथा व्यवस्थापनमा जुट्न आग्रह गरेको छ ।
खेलकुदको माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित तथा अनुशासित खेलाडी र सिर्जनशील नागरिक तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने मन्त्रालयले जनाएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख









