आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–८ का युवाले आफ्नो गाउँ आफैँ सफा र व्यवस्थित बनाउन सरसफाइ अभियान सुरु गरेका छन् । सरसफाइ, सडक व्यवस्थापनलगायत कामका लागि सरकारकै भर पर्नुपर्ने सोच भइरहेका बेला यहाँका युवा भने सार्वजनिक सडक तथा आसपासको क्षेत्र सफा गर्न आफैँ जुटेका हुन् । केही दिनअघिदेखि वडाका विभिन्न क्षेत्र सरसफाइ गर्न सुरु गरिएको छ ।
एकता युवा क्लबको अगुवाइमा स्थानीय युवा, भलमन्सा, बुद्धिजीवी तथा अन्य स्थानीयवासीको सहभागितामा सडक छेउछाउको सरसफाइ सुरु गरिएको हो । सडक छेउछाउमा झाडी बढ्नुका साथै फोहर जम्मा हुने र सडकमा फैलिएका रूखका हाँगाका कारण आवतजावतमा समस्या हुनुका साथै बिजुलीका तारमा समेत असर पर्न थालेपछि अभियान सञ्चालन गरिएको क्लबका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिनुभयो । अभियानका क्रममा सडक छेउमा रहेका अनावश्यक रूखका हाँगा काट्नुका साथै झाडी र फोहर सफा गरिएको छ ।
क्लबका अध्यक्ष पोखरेलले आफ्नो गाउँलाई सफा, सुन्दर र व्यवस्थित बनाउन युवाको नेतृत्वमा अभियान सुरु गरिएको बताउनुभयो । गाउँभरिका युवालाई सहभागी गराएर सार्वजनिक स्थानको सरसफाइसँगै स्थानीयवासीमा समेत आफ्नो ठाउँ आफैँ सफा राख्नुपर्छ भन्ने भावना विकास गराउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
“सार्वजनिक ठाउँ सफा राख्ने जिम्मेवारी सरकारको मात्र होइन, हामी नागरिकको पनि हो”, उहाँले भन्नुभयो, “आफ्नो गाउँ आफैँ सफा र व्यवस्थित बनाउन सकिन्छ भन्ने सन्देश दिन युवाको अगुवाइमा अभियान सुरु गरेका हौँ ।”
सरसफाइमा सहभागी स्थानीय भीमबहादुर बुढाले सडकमा गाईगोरु छाडा छाडिने, सडक छेउछाउमा झाडी तथा रुख बढ्दा यातायात व्यवसायी तथा अटोचालकलाई समेत समस्या हुने गरेको बताउनुभयो । सबै मिलेर यस्ता समस्या समाधान गर्न आवश्यक रहेकाले आफू पनि सरसफाइ अभियानमा जुटेको उहाँले बताउनुभयो ।
बुढाका अनुसार अभियानअन्तर्गत शनिबार वडा नं ८ को दिपनगरमा सडक क्षेत्रको सरसफाइ गरिएको छ । आगामी दिनमा शिवपुरतर्फको सडक क्षेत्रलाई समेत अभियानमार्फत सफा गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । उहाँले सडक तथा सार्वजनिक स्थानमा फोहर नफाल्न र सडक छेउछाउ व्यवस्थित राख्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । सडक सरसफाइ अभियानमा वडा नं ८ का स्थानीय युवा, महिला, ज्येष्ठ नागरिक तथा अन्य स्थानीयवासीको समेत सहभागिता रहेको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८३ आश्विन २३, शुक्रबार २१:४३सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो
समाचार२०८३ आश्विन २३, शुक्रबार १९:२२धादिङको गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
खेलकुद२०८३ आश्विन २३, शुक्रबार १६:१२एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी
स्वास्थ्य/जानकारी टिप्स२०८३ आश्विन २३, शुक्रबार १५:४२अन्सारीले संसद्मा उठाएका गम्भीर टिप्पणीप्रति नेशनल मेडिकल कलेजको आपत्तिः निष्पक्ष र पारदर्शी छानबिनका लागि तयार रहेको उल्लेख








