Home राजनीति नेपाली काँग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनको लागी समितिहरु गठन

नेपाली काँग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनको लागी समितिहरु गठन

0

धादिङ,१० असोज
नेपाली कांग्रेस धादिङले असोज १९ गते गर्ने प्रथम जिल्ला सम्मेलनको तयारी गर्न मूल आयोजक समिति सहित विभिन्न समितिहरू गठन गरेको छ । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको संयोजकत्वमा मंगलबार प्रथम जिल्ला सम्मेलन मुल आयोजक समिति गठन गरेको हो ।

जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरु, दुबै प्रतिनिधी सभा क्षेत्रीय कार्यसमितिका सभापति, चार वटै प्रदेश सभा क्षेत्रीय समितिका सभापति, दुईवटा नगरपालिका कार्यसमिति, ११ वटा गाउँपालिका कार्यसमिति, एक सय चार वटा वडा कार्यसमितिका सभापति, १२ वटा भातृसंस्थाका जिल्ला अध्यक्ष, दश वटा सुभेच्छुक संस्थाका जिल्ला अध्यक्ष रहने गरि समिति गठन गरिएको नेपाली कांग्रेस धादिङले जनाएको छ । नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलन राजनितिक प्रतिवेदन तयारी समितिमा जिल्ला कार्य समिति सदस्य दिपक कोईराला र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य भरत भट्टलाई चयन गरेको छ ।

त्यसैगरी जिल्ला सम्मेलन साङगठनिक प्रतिवेदन तयारी समितिमा जिल्ला कार्य समिति सचिव रामकृष्ण पाण्डेको संयोजकत्वमा ७ सदस्यिय समिति गठन गरेको छ । त्यस्तै कोषाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा आर्थिक प्रतिवेदन तयारी समिति गठन गरिएको छ । जिल्ला कार्यसमितिका सह सचिव नवराज तिमल्सिनाको संयोजकत्वमा ५ सदस्यि सुचना तथा प्रविधि संयोजन समिति चयन गरेको छ । त्यसैगरी प्रथम जिल्ला सम्मेलनमा कार्य समितिका सदस्य तथा प्रवक्ता बिनोद तिमल्सिनाको संयोजकत्वमा २० सदस्य प्रचार प्रचार समिति गठन गरेको छ । जिल्ला सम्मेलन मञ्च तथा कार्यक्रम स्थल व्यवस्थापन समितिमा कार्य समितिका सदस्य देवी प्रसाद कोईरालाको संयोजकत्वमा १४ सदस्यिय समिति गठन गरिएको नेपाली काग्रेस धादिङका सह सचिव नवराज तिमल्सिनाले नीलकण्ठ एफ.एमलाई बताउनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो


मन पर्यो

खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version