अशोक ईन्टरप्राईजेजद्धारा १३ जना किसानलाई पुरस्कृत, नगर स्तरिय समुहलाई १ लाख ५० हजार सहयोग

धादिङबेशी । धादिङबेशीमा व्यावसायिक ब्रोइलरहरूको लागि आवास ब्रोडिङ व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । अशोक ईन्टरप्राईजेज धादिङको आयोजनामा संचालन गरिएको तालिममा ईन्टरप्राईजेज सँग आवद्ध रहेका व्यवसायिहरुलाई तालिम प्रदान गरिएको हो ।
धादिङबेशी सिरानबजारमा रहेको अशोक ईन्टरप्राईजेजले हरेक बर्ष आफ्ना किसानहरुलाई जाडो याम र गर्मी याममा गर्दै आएको कुखुरा पालन तालिम यस बर्षको जाडो यामको तालिम आज सम्पन्न गरेको हो । तालिममा भ्याली ग्रुप अन्तरर्गतका टेक्निकल कन्सलटेन्ट डा. सक्षम पाण्डे, डा.अरविन्द्र श्रेष्ठ, कला पन्त (पाण्डे) ले ब्रोइलर कुखुराको व्यवसाय गर्दै आएका व्यवसायिहरुलाई ब्रोइलर कुखुरा पाल्नको लागि खोर कसरी तयार पर्ने, चल्ला हुर्काउनको लागि के के कुरामा ध्यान दिने, कस्तो रोग लाग्दा कस्तो औषधि प्रयोग गर्ने लगाएतको विषयमा जानकारी गराउनुभएको थियो ।
कुखुरा पाल्ने किसानहरुलाई ब्यवसायीक क्षमता अभिवृद्धि गर्ने उदेश्यले ६/६ महिनामा यस किसिमको तालिम आयोजना गर्ने गरिएको अशोक ईन्टरप्राईजेजका प्रोपाईटर अशोक बस्नेतले बताउनु भयो । कार्यक्रममा उत्कृष्ट १३ जना किसानलाई पुरस्कृत समेत गरिएको थियो । ईन्टरपाईजेजले व्यवसायीक योजना साटासाट गर्ने उदेश्यले नगर स्तरिय समुह बनाई हरेक बर्ष १ लाख ५० हजारका दरले गरिने सहयोग रकम समेत हस्तान्तरण गरिएको प्रोपाईटर अशोक बस्नेतले जानकारी दिनुभयो ।
अशोक ईन्टरप्राईजेजले हरेक बर्ष आफ्ना किसानहरुलाई कुखुरा पालन सम्बन्धि तालिम संचालन गर्दै आएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८२ बैशाख २९, सोमबार १९:१२बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ- प्रधानमन्त्री समाचार२०८२ बैशाख २९, सोमबार १७:२६भूर्तेल बन्धु समाज कास्कीको कुलपूजा तथा आठौं वार्षिक साधारण सभा समाचार२०८२ बैशाख २९, सोमबार १७:१७गण्डकी कोटिहोम : वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु कला, विचार/मनोरञ्जन२०८२ बैशाख २९, सोमबार १६:५७‘नरसिंहाः अवतार’मा राज र शनिषाको संवादको चर्चा