नेकपा एमाले धादिङ्ग– पोखरा सम्पर्क मञ्चको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
धादिङ्ग,२७ असोज
नेकपा एमाले धादिङ्ग– पोखरा सम्पर्क मञ्चको आयोजनामा पोखरामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नेपालीहरुको महान पर्व बडा दशैँ,दिपावली,नेपाल सम्वत लगायत चाडपर्वको अवसरमा आज पोखरामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । धादिङ्ग– पोखरा सम्पर्क मञ्चको अध्यक्ष गोकर्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले कास्की जिल्ला कमिटीका सचिव बैन बहादुर क्षेत्री अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ नेपालका केन्द्रिय सदस्य एवंम पोखरा चेम्बर अफ कर्मस कास्कीका अध्यक्ष यमनाथ पौडेलको विशेष आतिथ्यता रहेको कार्यक्रममा, धादिङ्ग– पोखरा सम्पर्क मञ्चका पदाधिकारी तथा धादिङ्गबाट पोखरा गई विभिन्न पेशा तथा व्यावसाय गरेर बस्नुभएका धादिङ्गेलीहरुको सहभागिता रहेको थियो ।
मञ्चका सचिव राम प्रसाद ढुवाडीले सन्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष योग प्रसाद सापकोटाले राख्नुभएको थियो । कार्यक्रममा धादिङ्ग– पोखरा सम्पर्क मञ्चका पुर्व अध्यक्ष शेर बहादुर अधिकारी,सल्लाहकार नवराज दुवाडी,सरोज सिंह कुवंले शुभकामना मन्तव्य राख्नुभएको थियो । नेकपा एमाले धादिङ्ग– पोखरा सम्पर्क मञ्चले विभिन्न सामाजिक कार्य समेत सन्चालन गर्दै आईरहेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास