Home समाचार डोटी ट्याक्टर दुर्घटना अपडेट: एकको मृत्यु, चार जनाको अवस्था गम्भीर

डोटी ट्याक्टर दुर्घटना अपडेट: एकको मृत्यु, चार जनाको अवस्था गम्भीर

0

डोटी- डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १९ जना घाइते भएका छन् । भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका-१ घोरडी स्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर बुधवार साँझ करिब ८ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार २४/२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका-१ घोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परि १८ वर्षका सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो ।

घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि धनगढी पठाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version