टी–२० विश्वकप क्रिकेट छनोटको फाईनलको खेल आज
काठमाण्डौँ,१९ कार्तिक
आईसीसी टी–२० विश्व कप क्रिकेटको एसिया छनोटको फाईनलको खेल आज हुदैछ । उपाधीको लागि नेपाल र ओमान बिच प्रतिस्पर्धा हदैछ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे खेल शुरु हुनेछ । नेपालले यूएई र ओमानले बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् । समूह एु मा रहेका दुवै टोली लिग चरणमा समेत प्रतिस्पर्धा भएको थियो ।
लिग चरणको खेलमा नेपाल ओमानसँग झिनो रनले पराजित भएको थियो । सेमिफाइनलमा यूएईलाई ८ विकेटले हराएर फाइनल प्रवेश गरेको नेपालले उपाधिका लागि पुनः ओमानसँग खेल्न लागेको हो ।प्रतियोगिताको फाइनल प्रवेश गरेका नेपाल र ओमान दुवै टोली अर्को वर्ष वेस्ट इन्डिजमा हुने टी–२० विश्व कपमा छनोट भइसकेका छन् ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास समाचार२०८१ पुष १७, बुधबार २०:३५संस्कृत युवा मञ्चको सातौं वार्षिक साधारण सभा सम्पन्न समाचार२०८१ पुष १०, बुधबार १९:२०पशुपतिनाथ मन्दिर पोखरामा सिग्देल