प्रधानमन्त्री प्रचण्डद्वारा आज सर्वदलीय बैठक आह्वान
![प्रधानमन्त्री प्रचण्डद्वारा आज सर्वदलीय बैठक आह्वान प्रधानमन्त्री प्रचण्डद्वारा आज सर्वदलीय बैठक आह्वान](https://nepaltvonline.com/wp-content/uploads/2023/11/prachanda-4-780x470.jpg)
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्दैछ । गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो ।
बैठकमा भूकम्प प्रभावितहरुलाई भैरहेको राहत वितरण र उनीहरुको पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ ।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास