टिकटक बन्द नगरे इन्टरनेट सेवा प्रदायकलाई कारबाही
काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ । प्राधिकरणले आज विज्ञप्ति जारी गरी उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाएको हो ।
प्राधिकरणले आफ्नो आदेशको पालना गर्नु सेवा प्रदायकको कर्तव्य हुने र सेवा प्रदायकले त्यस्तो निर्देशनको पालना नगर्दा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट कारबाही हुने उल्लेख गरेको छ ।
मन्त्रिपरिषद्को हिजोको बैठकले “सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय गरेको थियो ।
केही सेवा प्रदायकले सरकारी निर्णयको अवज्ञा गरेका बताउँदै तत्काल निर्देशन कार्यान्वयन गरी प्राधिकरणलाई जानकारी गराउन अनुरोध गरेको छ ।।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास