कोरोनामा बन्द भएका उत्तरी गोरखाका दुई वटा नाका अझै खुलेनन्
![कोरोनामा बन्द भएका उत्तरी गोरखाका दुई वटा नाका अझै खुलेनन् कोरोनामा बन्द भएका उत्तरी गोरखाका दुई वटा नाका अझै खुलेनन्](https://nepaltvonline.com/wp-content/uploads/2023/11/gorkha-ko-uttari-naka-Ajai-khulena-1-780x470.jpg)
गोरखा- गोरखाको हिमालपारिका गाउँहरु चुमनुब्री गाउँपालिका को वडा नम्बर १ सामागाउँको रुइला नाका र वडा नं ७ छेकम्पारको ङुईला नाका अझै खुल्न सकेको छैन ।
बिगतमा किरोनाका कारण यी नाकाहरु बन्द भएपनि अझै कुनै पहल नहुँदा यहाँका स्थानीय समस्यामा परेका छन ।
नाका बन्दको करणले यस क्षेत्रका बासिन्दाहरु दैनिक उपभोग्य सामानहरु समेत किन्न पाइरहेका छैनन ।
उत्तरी नाका बन्द हुनु र बर्षाको समयमा तल तिरको बाटोमा पहिरो जाँदा चामल र तेल महँगो मुल्य तिरेर पनि खान नपाउने अवस्थामा यहाँका स्थानीय पुगेका छन ।
यहाँ चामल प्रति वोरा ५५०० रुपैँया र तेल आधा लिटरको २५० रुपैँया तिर्दा पनि किन्न पाइन्न ।
चुनाबको बेलामा राजनीतिक दलहरुले दुबै नाका खुलाउने अश्वासन दिएपनि अहिलेसम्म कुनै पहल नहुँदा स्थानीय चिन्तित छन ।
विभिन्न संचार माध्यमहरुले दुबै नाका खुलेको समाचार बेला बखद दिँदै आएपनि नाका भने नखुलेको स्थानीयहरुको गुनासो रहेको छ ।
छिमेकि मुलुकले बोर्डर पास बनाएर र नविकरण गरेको हुनु पर्ने पत्र अनुसार बोर्डर पास बनाई तिब्बतमा गएको तर सिमाना बाटै फर्काइ दिएको कुरा स्थानीय छिरिङ जाङ्बो लामा बताउनुहुन्छ ।
दुबै नाका खुलाउन वडाका प्रतिनिधिहरु र पालिका प्रमुख एवं स्थानीय बुद्धिजिविहरुले आ-आफ्नो ठाउँबाट पहल गरेपनि नाका खुलेको छैन्न ।
वर्षाको समयमा पहिरोले गर्दा दैनिक खाद्यान्न पाउन मुस्किल हुने र अहिले हिउँले नाका पनि त्यसै बन्दा हुने स्थानीयहरुको दुखेसो रहेको छ ।।
लेखकको बारेमा
- असल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास