Home कला, विचार/मनोरञ्जन तेस्रो विमेन्स फिल्म फेष्टिभल मङ्सिर ९ गते हुँदै

तेस्रो विमेन्स फिल्म फेष्टिभल मङ्सिर ९ गते हुँदै

0

काठमाडौँ । तेस्रो आइवाट नेपाल विमेन्स फिल्म फेष्टिभल आयोजना हुने भएको छ । रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरुको छाता संगठन ‘इन्टरनेशनल एशोसियसन अफ विमेन इन रेडियो एण्ड टेलिभिजन’ले यही मंसिर ९ गते काठमाडौमा उक्त फेष्टिभल आयोजना गर्न लागेको हो । आयोजकले आइतबार राजधानीमा एक कार्यक्रम गर्दै फेष्टिभलको विभिन्न पक्षबारे जानकारी दिएको हो ।

चलचित्र विकास बोर्डमा मङ्सिर ९ गते हुने आयोजना हुने फेष्टिभलमा नेपाल लगायत करिब दर्जनभन्दा बढी मुलुकका महिला निर्देशकले बनाएका २८ चलचित्र सहभागी छन् । ती चलचित्रमध्ये उत्कृष्ट केही प्रदर्शन समेत हुनेछ । प्रदर्शन हुने फिल्ममा ट्युनेसिया, भारत, बंगलादेश, नर्वे, फ्रान्स लगायतका रहेका छन् ।

कार्यक्रममा विदेशी चलचित्र मात्र होइन चलचित्रका महिला मेकरले समेत भाग लिने जानकारी दियो । फेष्टिभलमा विदेशी महिला निर्देशक र नेपाली महिला निर्देशकबिच निर्देशक अनुभव पनि साटासाट हुने फेष्टिभलकी निर्देशक संगीता श्रेष्ठ बताइन् । ‘फेष्टिभलमा सहभागी उत्कृष्ट फिल्म तथा फिल्म मेकरलाई अवार्ड समेत प्रदान गरिनेछ’ उनले थपिन् ।

महिला निर्देशकले बनाएको फिल्मलाई प्रवर्द्धन गर्ने र महिला निर्देशकलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले २०१७ मा पहिलो पटक यो फेष्टिभल आयोजना भएको थियो । उक्त समय दर्शक तथा फिल्म मेकरले फेष्टिभलमा राम्रो साथ दिएको कारण यसले निरन्तरता पाएको हो । ‘इन्टरनेशनल एशोसियसन अफ विमेन इन रेडियो एण्ड टेलिभिजन’को स्थापना सन् १९५७ मा भएको हो । ८ फरक राष्ट्रका प्रतिनिधिहरुबाट सुरु भएको यो एशोसियसनमा अहिले ५४ देशका प्रतिनिधिको सहभागिता रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version