माथिल्लो कक्षाका विद्यार्थीको सिकाइस्तर कमजोर बन्दैः अध्ययन प्रतिवेदन
काठमाडौं- माथिल्ला कक्षामा विद्यार्थीको सिकाइस्तर कमजोर देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएका हालसम्मका अधिकांश अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर रहेको देखाएको हो ।
अध्ययनले विद्यालय तहका विद्यार्थीको समग्र सिकाइ उपलब्धि निम्सरो देखाएको छ । अध्ययनले कक्षा ३ र ५ को तुलनामा कक्षा ८ मा उपलब्धि कम भएको देखिएको छ । गणित र विज्ञान विषयमा उपलब्धि अन्य विषयका तुलनामा झन् कमजोर पनि देखिएको छ ।
ती अध्ययनले विद्यार्थीको समग्र उपलब्धि कमजोर हुनुलाई विशेष चासो र चिन्ताका साथ उठाएको केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसालले बताउनुभयो । उहाँले विद्यार्थीको ठूलो सङ्ख्याको सिकाइस्तर सम्बन्धित कक्षाको तहभन्दा तल तथा अपेक्षित पाठ्यक्रम र प्राप्त पाठ्यक्रमबीचमा ठूलो खाडल देखिएको पाइएको जनाउनुभयो ।
प्रतिवेदनले विशेष प्रयत्न हुन नसकेमा विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुँदै जाने, पढाइमा रुचि र आत्मविश्वास गुमाउने, असफलतामा पुग्न बाध्य हुने वा बीचैमा कक्षा छाड्ने जस्ता जोखिम देखिने औँल्याएको छ ।
विद्यार्थीले पढाइ पूरा गरिहाले पनि माथिल्लो कक्षामा आफूले पढ्न पाउने विषय रोज्ने सम्भावना साँघुरो हुने र अन्ततःआफ्ना जीवनका सम्भावना नै कुण्ठित हुनसक्ने जोखिम देखिन्छ ।
केन्द्रले कक्षा, ५, ८ र १० को अङ्ग्रेजी, गणित, नेपाली र विज्ञान गरी चार विषयको विद्यार्थी उपलब्धिको स्तर परीक्षण र अन्य पढाइ र सीपगत परीक्षण गर्दै आएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास