Home परदेश हमासका उपनेतासहित छ कार्यकर्ता बेरुतमा भएको ड्रोन आक्रमणमा मारिए

हमासका उपनेतासहित छ कार्यकर्ता बेरुतमा भएको ड्रोन आक्रमणमा मारिए

0

लेबनानको राजधानी बेरुतमा भएको विष्फोटमा हमासका उपनेता सालेह अल-अरौरीको मृत्यु भएको छ । हमास नेतृत्व विरुद्ध इजरायलले गरिरहेको सर्जिकल स्ट्राइकका क्रममा लेबनानमा हमासका उपनेता अरौरीको मृत्यु भएको हो ।

इजरायलले यो घटनालाई लेबनान विरुद्धको आक्रमण नभएको जनाएको छ । इजरायली प्रवक्ता मार्क रेभेभले लेबनानको बेरुतमा घटना भए पनि यो विशुद्ध हमास विरुद्धको आक्रमण भएको प्रस्ट्याउनु भएको छ ।

हमासले आफ्ना नेता मारिएकोमा इजरायलको निन्दा गरेको छ । हमासको सहयोगी हेजबुल्लाहले भने यो घटनालाई लेबनानको सार्भभौमसत्ता विरुद्धको आक्रमण भएको बताएको छ ।

यसैबीच लेबनानका प्रधानमन्त्रीले भने इजरायलले लेबनानलाई टकरावमा तान्न खोजेको आरोप लगाउनु भयो । लेबनानी संचार माध्यमहरुका अनुसार हमासका उपनेताका साथै अन्य दुई हमास सैन्य कमाण्डर र चार सदस्य गरी थप ६ जना ड्रोन आक्रमणमा मारिएका हुन् ।

उपनेता अरौरी लेबनानमा आफ्नो समूह र हिजबुल्लाहबीचको सम्बन्धको रूपमा काम गरिरहेका थिए ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version