राष्ट्रिय सभा निर्वाचन: साना दलहरुले भाग खोज्दा सत्तागठबन्धनमा सिट बाँडफाँट सकस

राष्ट्रिय सभा निर्वाचन: साना दलहरुले भाग खोज्दा सत्तागठबन्धनमा सिट बाँडफाँट सकस

काठमाडौँ – सरकारलाई समर्थन दिएका साना दलहरुले पनि राष्ट्रिय सभा निर्वाचनमा आफुहरुले कम्तिमा एक सिट पाउनुपर्ने दावी गरेपछि सत्ता गठबन्धन भित्र सिट वाँडफाँट पेचिलो बन्दै गएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सत्ता गठबन्धनको बैठकमा लोकतान्त्रिक समाजबादी पार्टी लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जोनमोर्चा पार्टीले १ । १ सिटको दावी लिएपछि गठबन्धन भित्र सिट बाँडफाँटको विषय थप सकसपूर्ण बनेको हो ।

सत्तामा रहेका साना दलहरु सत्ता गठबन्ध बैठकबाट बाहिएपछि बैठक निश्कर्शविहीन बनेको छ । साना दलका नेताहरु बैठकबाट बाहिरिएपनि सत्तामा रहेका मुख्य चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजबादी दलहरु नेताहरु छलफलमा रहेको कांग्रेस महामन्त्री गगन कुमार थापाले जानकारी दिनुभयो ।

रिक्त १९ सिट मध्ये  नेपाली कांग्रेसले ११ सीटमा दाबी गरिरहेको छ । यस्तै नेकपा माओवादीले ५ नेकपा एसले ५ सीटमा र जनता समाजवादी पार्टीले २ सीट पाउनुपर्ने दाबी गर्दै आएको छ ।

पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको दिन नजिकिँदै गर्दा सत्ता गठबन्धन दलहरु सिटबाँडफाँटको कसरतमा जुटेका हुन ।

 

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version
Click it!