Home कला, विचार/मनोरञ्जन अर्थतन्त्रले आठौं वार्षिकोत्सवमा सार्वजनिक गर्यो दुई पुस्तक

अर्थतन्त्रले आठौं वार्षिकोत्सवमा सार्वजनिक गर्यो दुई पुस्तक

0

काठमाडौं । आर्थिक क्षेत्रको लोकप्रिय अनलाइन न्युज पोर्टल अर्थतन्त्र डटकमले मातृसंस्था डेभलपमेन्ट मिडिया प्रोमोशन प्रा.लि.को आठौं स्थापना दिवसमा दुई वटा म्यागेजिन सार्वजनिक गरेको छ । आर्थिक क्षेत्रका विज्ञ, विश्लेषक र सरोकारवाला निकायका प्रमुखहरुको धारणा समेटेर २३ जना लेखकको आलेख रहेको नेपाली भाषामा लेखिएको अर्थतन्त्र आठौं वार्षिकोत्सव विशेष र पर्यटन क्षेत्रका ४५ जना लेखकको विचार समेटिएको अंग्रेजी भाषको टुरिजम इन्साइट्स विहिबार आयोजित एक समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लोकार्पण गरे ।

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित लोकार्पण समारोमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कर्मचारीको स्वार्थका कारण युरोपिएन यूनियन (इयू) ले नेपाल माथि लगाएको प्रतिबन्ध खुल्ला हुन नसकेको बताएका छन् । अध्यक्ष तिमिल्सिनाले पार्टी आबद्ध कर्मचारीको निहित स्वार्थका कारण नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित विधेयेक अगाडी बढ्न नसकेका कारण इयूको हवाई प्रतिबन्ध खुल्ला हुन नसकेको भनाइ राखे । सेवा र नियामक निकाय एउटै हुनुहुँदैन भन्ने इयूको भनाईसँग मेल हुने गरी यस क्षेत्रको नियामक निकाय र सेवा प्रदायकलाई छुट्टाछुट्टै बनाउने कानुन ल्याउन खोजेपनि कर्मचारीको स्वार्थले मन्त्री र प्रधानमन्त्री नै पछि हट्न बाध्य हुनुपरेको उनले बताए । स्वार्थ त्यागेर देश बनाउने कुरामा सबै इमान्दार भएर लाग्नुपर्ने अध्यक्ष तिमल्सिनाको भनाई थियो ।

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नुपर्ने भन्दै पर्यटनको बजार प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । पाण्डेले समस्यामा फसेको अर्थतन्त्रलाई सरकारले धकेलेर उद्धार गर्न खर्च गर्नुपर्ने बेला आइसकेको बताए । अध्ययन गरेर नेपालको अर्थतन्त्रको मेरुदण्ड पर्यटनलाई अगाडि बढाउनेतर्फ सबैले ध्यान दिनुपर्ने उनले बताए ।

पूर्व गभर्नर एवं पूर्व पर्यटन सचिव दिपेन्द्र पुरुष ढकालले लोकार्पण गरिएका पुस्तकबारे टिप्पणी गर्दै संख्यासँगै गुणस्तरीय पर्यटनमा जोड दिन आग्रह गरे । उनले आएका पर्यटक कति दिन बसे र उनीहरुले बढीभन्दा बढी खर्च गराउन सक्नेगरी नयाँ गन्तव्य मुलुकले दिएर फाइदा लिनुपर्ने धारणा राखे । लक्ष्य राखेर मात्रै सरकारले पर्यटन वर्ष वा दशक घोषणा गर्नुपर्ने र ग्रामिण पर्यटनलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पर्यटनमा नीतिगत सहजीकरणको आवश्यकता औंल्याए । पर्यटनका सम्बन्धमा अध्ययन, अनुसन्धान गर्नेहरु बजारमा कममात्रै रहेको भन्दै ‘टुरिजम इन्साइट्स’ पुस्तकले पर्यटनका धेरै कुराहरु उजागर गरेको रिजालले बताए । नेपाली कांग्रेसका पर्यटन विभाग प्रमुख आँङ्गेलु शेपार्ले आर्थिक विकासमा दिर्घकालिन दृष्टिकोण लिएर दलहरु अगाडि बढ्नुपर्ने बताए । पर्यटनको प्रवद्र्धनमा जोड दिँदै शेर्पाले अनुसन्धानमुखी भएर नीति र दृष्टिकोण बनाउन जोड दिए । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका अध्यक्ष गणेश कार्कीले जलविद्युत्लाई पर्यटनसँग जोडेर लैजान सके धेरै आर्थिक लाभ लिन सकिने बताए ।

डेभलपमेन्ट मिडियाका अध्यक्ष तथा अर्थतन्त्रका प्रधान सम्पादक रामेश्वर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सार्वजनिक टुरिजम इन्साइट्सले देशैभरका पर्यटका गन्तव्यसहित सम्पूर्ण विषयलाई उजागर गर्ने प्रयास गरेको छ । १ सय ६८ पृष्ठको सो पुस्तकमा डेस्टिनेशन, सस्टेनेवल, पोलिसी, इण्डष्ट्रि र एडभेन्चर गरी पाँच खण्ड रहेको छ ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version