पत्रकार महासंघ एनटिभीका अध्यक्ष हमाल सम्मानित
काठमाडौँ- नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजंग हमाल सम्मानित हुनुभएको छ ।
स्वास्थ्य दर्पण मिडिया नेटवर्कले अध्यक्ष हमालसहित पाँच जना पत्रकारलाई चितवनमा सम्मान गरेको हो ।
चितवनको भरतपुरमा आयोजित सम्मान कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व महामन्त्री डा शंशाङक कोइरालाले उहाँहरुलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
पत्रकारिता क्षेत्रमा योगदान पुर्याएकोमा योगदानको कदर गर्दै सञ्चारकर्मीहरुलाई सम्मान गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रालिका अध्यक्ष एवं प्रवन्ध निर्देशक सन्दिप श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसबखत नेपाली काँग्रेसका नेता डा. कोइरालाले नेपालको पत्रकारिता थप जिम्मेवार हुनुपर्ने बताउनु भएको थियो ।
स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट चिकित्सक र पत्रकारसहित २५ जनालाई सम्मान गरिएको छ ।।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास