मुगु, १७ माघ । मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ ।
सोरु गाँउपालिका–६ का पुरुमुरु र जिमा गाउँमा डेढसाता अघिदेखि फैलिएको रुघाखोकीबाट तीन जनाको मृत्यु र एक सय ५० जना सिकिस्त भएका थिए । थला परेकामध्ये एक सय ३५ जना गरिएको परीक्षणमा इन्फ्लुएन्जाको लक्षण देखिएको उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएको जिल्ला अस्पताल मुगुका डा कमल ढु्ङ्गानाले जानकारी दिए ।
इन्फ्लुएन्जा सङ्क्रमण पुष्टि भएपछि थप अनुसन्धानका लागि त्यस क्षेत्रमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमोलोजी महाशाखा, विश्व स्वास्थ्य सङ्गठनको टोली र जिल्ला अस्पातल मुगुबाट तीन जना डाक्टरसहितको टोली उक्त क्षेत्रतर्फ लागेको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।
सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले गाउँपालिकाले सो क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिसकेको छ । उनले दुवै गाउँमा अहिले बिरामीको सङ्ख्या कम हुँदै गएको बताए । रुघाखोकीका कारण पुरुमुरुका ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृित छत्याल र २४ वर्षीया कुशुम ढोलीको रुघाखोकी र ज्वरोका कारण केही दिनअघि मृत्यु भएको थियो । रासस
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ आश्विन २०, आईतवार १८:०२रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता समाचार२०८१ आश्विन १५, मंगलवार २०:१६विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित राजनीति२०८१ आश्विन १३, आईतवार १५:३५बृहत विद्यार्थी भेला मार्फत नेविसंघ पिएन क्याम्पसको अध्यक्षमा तिमिल्सिना समाचार२०८१ बैशाख १२, बुधबार १९:४१धादिङको जिल्ला आयुर्वेद औषधालय १६ शैय्याको अस्पतालमा स्तरोन्नति