नेपाली फिल्म ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक भएको छ । ‘जंगल वार’मा आधारित पहिलो नेपाली फिल्म हो। गोर्खा सैनिकले युद्धमा देखाएको बहादुरी, लडाईंको भोग्नुपर्ने दुःख, सैनिकको पारिवारिक अवस्था, ७०/८० वर्ष अगाडिको नेपाली सामाजलाई ट्रेलरमा प्रस्तुत गरिएको छ । ट्रेलरमा प्रेम र कमेडी पनि मिश्रित छ ।त्यसैले फिल्म सशक्त हुनसक्ने आकलन गरीको छ ।
यही फागुन ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा विजय लामा, रितेश चाम्स, रियर राई, रेविका गुरुङ, शिशिर वाङ्देल, कविता आले, सुरज तमु, विरुप गोले, त्रिचु राई, दिग्गज खत्री लगायतको मुख्य भूमिका छ ।सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण भएको फिल्मलाइ निर्देशक मिलन चाम्सले गरेका हुन् ।
निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता हुन् । सुरेश राई सह-निर्मातामा छन् । फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन र मिलन श्रेष्ठको सम्पादन छ । गत भदौमा लण्डनस्थित ‘आइम्याक्स सिनेवर्ल्ड’मा फिल्मको प्रिमियर गरिएको थियो ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ कार्तिक १२, सोमबार २०:२०तिहारमा स्वदेशी फूलको प्रयोग गरौँ, कृषिमन्त्री श्रेष्ठ समाचार२०८१ कार्तिक ११, आईतवार १४:३७पोखरा म.न.पा. वडा नं. १७ तल्लो बिरौटाकोआयोजनामा बहुउद्देश्यीय सामुदायिक क्रियापुत्री भवन उद्घाटन सप्पन्न समाचार२०८१ आश्विन ३०, बुधबार १२:५१स्याङजाको सुन्तला र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य कार्यक्रम बने सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता खेलकुद२०८१ आश्विन १९, शनिबार १८:४९बेलबुुट्टे आदर्श बाल क्लबको शुुभकामना आदानप्रदान