Home कला, विचार/मनोरञ्जन एक्सन जनराको चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज, ट्रेलरमा ‘डर र शक्तिको खेल’

एक्सन जनराको चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज, ट्रेलरमा ‘डर र शक्तिको खेल’

0

काठमाडौं। फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने प्रतिक्षित चलचित्र ‘रङ्गेली’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यसको ट्रेलर सार्वजनिक गरिएको हो । डिजिटल रूपमा ओएसआर डिजिटलको युट्युब च्यानलबाट ट्रेलर रिलिज गरिएको छ ।

ट्रेलरलाई ‘डर र शक्तिको खेल’को रूपमा प्रस्तुत गरिएको छ । चलचित्रका प्रमुख कलाकारहरू सबैलाई समेटिएको यसले नेपालको तराई क्षेत्रमा घटेका विविध घटनाहरू र आयामहरूलाई दृश्य मार्फत देखाउने कोसिस गरिएको छ । साथमा राजनीतिको असरको समेत झल्को दिइएको छ ।

कार्यक्रममा बोल्दै लेखक तथा निर्देशक अर्जुन सुवेदी ‘रङ्गेली’ दर्शकले चाहेको जस्तो चलचित्र बनाउने कोसिस गरेका बताए । उनले भने, ” प्रचण्ड गर्मीको मौसममा तराई क्षेत्रमा धेरै मेहनत गरेर यो चलचित्र बनाएका छौँ । रङ्गेलीको कथा तराई क्षेत्रको कथा हो । ट्रेलर हेरेर इमानदार प्रतिक्रिया चाहेको छु । हामीले दर्शकले चाहेको जस्तै चलचित्र बनाउने कोसिस गरेका छौँ ।”

अभिनेता रुपेश झाले ‘रङ्गेली’ले तराईको कथा मात्र नभनी त्यहाँको संस्कृति पनि झल्काउने बताए । अभिनेता प्रवीण खतिवडाले चलचित्र बनाउनु र रिलिज गर्नु सहज नभएको बताउँदै दर्शकको साथको अपेक्षा गरेको जनाए ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीले लेखन तथा निर्देशन गरेका छन् । यसमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ । यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता हुन् । विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् । छायाँकार सुशन प्रजापति हुन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version