१०० रन नजोड्दै क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ लाई चौथो झड्का, कप्तान सन्दीप पनि आउट
काठमाडौं । नेपाल ‘ए’ र क्यानडा-११ बीच जारी एकदिवसीय सिरिजको निर्णायक खेलमा ब्याटिङ गरिरहेको नेपाल ए ले चौथो विकेट गुमाएको छ ।
चौथो विकेटका रुपमा कप्तानसमेत रहेका सन्दीप जोरा आउ भएका हुन् । उनी २२।२ ओभरमा डिलोन हेलिगरको बलमा आउट भए । आउट हुनअघि उनले २४ रन जोडेका थिए । ताजा अवस्थामा नेपालले २३ ओभरमा ४ विकेट गुमाएर ८७ रन जोडेको छ ।
मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा छ । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले कप्तानी गर्ने भएका हुन् ।
पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।
नेपालले टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् ।
खेलको प्रत्यक्ष प्रसारण क्यानको जिल्लारप्रदेश फेसबुक पेजबाट गरिएको छ ।
नेपालको प्लेइङ-११ ः अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी
बेन्च ः रिजन ढकाल, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, विनोद भण्डारी
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ माघ १३, आईतवार २०:४४फागुन १४ देखि तेस्रो माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप समाचार२०८१ माघ ११, शुक्रबार ०६:५३विकास र वातावरण बीच समन्वय गर्न स्थानीय तहसँग गोष्ठी सम्पन्न समाचार२०८१ माघ २, बुधबार १०:२६विद्याज्योति आधारभुत विद्यालयको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न समाचार२०८१ पुष १९, शुक्रबार २१:४९मुख्यमन्त्रीद्वारा प्रतिष्ठानको आवासीय तथा प्रशासनिक भवनको शिलान्यास