दाङ- लुम्बिनी प्रदेशमा पुरानै गठबन्धनको आधारमा प्रदेश मन्त्रीपरिषद्को बैठक मंगलबार बसेको छ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तत्काल मन्त्री हटाउनेवारे निर्णय नगर्ने बताइएको छ भने सरकारमा सामेल माओवादीका मन्त्रीहरु तत्काल सरकारबाट नबाहिरिने भएका छन् । नयाँ राजनीतिक समिकरणको आधारमा स्पष्ट केन्द्रिय निर्णय नआउदा सम्म पुरानै गठबन्धन सरकारले निरन्तरता पाउने र केन्द्रबाट आउने निर्णयका आधारमा प्रदेशमा निर्णय हुने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले जानकारी दिनुभयो ।
वर्तमान सरकारमा माओवादीका दुई मन्त्री छन् । अर्थमन्त्री धनबहादुर मास्की र शहरी विकास मन्त्री कृष्णा के.सी मन्त्री हुनुहुन्छ । माओवादीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी नयाँ सरकार गठनको गृहकार्य अघि बढ्ने आधार बन्ने भएपनि अहिले सम्म समर्थन फिर्ता लिइएको छैन् ।
नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीलाई ५४ संसादहरुको समर्थन रहेको थियो । उहाँलाई प्रदेशका रहेका १० दल मध्ये एमालेले र राप्रपा बाहेक सबै दलहरूले समर्थन दिएका थिए ।
एमालेले लुम्बिनी प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले माओवादी, एमालेसँग राप्रपा, लोसपा र अन्य साना दलहरूलाई राखेर सरकार निर्माण गर्ने बताउनु भएको छ ।
२०७९ पुस २७ गते एमाले, माओवादी लगायत दलको समर्थनमा लुम्बिनीको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त हुनुभएको थियो ।
बैशाख १४ गते कांग्रेसबाट डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्नुभयो । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्तिका चार–चार, जनमत, जसपा र लोसपाका तीन–तीन, जनमोर्चा र एकीकृत समाजवादीका एक-एक तथा एक जना स्वतन्त्र सांसद छन् ।।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
समाचार२०८१ कार्तिक ९, शुक्रबार १४:०६चापाकोट स्वास्थ्य चौकीको अत्याधुनिक भवन उद्घाटनसँगै दन्त सेवा सुरु समाचार२०८१ कार्तिक ४, आईतवार १२:२६पर्यटकहरुको पदयात्राको आकर्षक गन्तव्य हिमलुङ् हिमाल कला, विचार/मनोरञ्जन२०८१ आश्विन २०, आईतवार १८:०२रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता समाचार२०८१ आश्विन १५, मंगलवार २०:१६विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित