काठमाडौं- मन्त्रिपरिषद बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो ।
बैठकले कांग्रेस निकट तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै सरकारले नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । नयाँ प्रमुखमा मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियाँ सिफारिस भएका छन् ।
तत्कालीन शेरबहादुर देउवा सरकारले मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाएको थियो । उनीहरु तीन जना कांग्रेस निकट हुन् । उनीहरुलाई हटाएर सरकारले एमाले निकट भण्डारी, भट्ट र मियालाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ आश्विन २०, आईतवार १८:०२रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता समाचार२०८१ आश्विन १५, मंगलवार २०:१६विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित राजनीति२०८१ आश्विन १३, आईतवार १५:३५बृहत विद्यार्थी भेला मार्फत नेविसंघ पिएन क्याम्पसको अध्यक्षमा तिमिल्सिना समाचार२०८१ बैशाख १२, बुधबार १९:४१धादिङको जिल्ला आयुर्वेद औषधालय १६ शैय्याको अस्पतालमा स्तरोन्नति