Home समाचार नागढुङ्गा– नौविसे सुरुङमार्ग छिचोल्न आठ मिटर मात्र बाँकी

नागढुङ्गा– नौविसे सुरुङमार्ग छिचोल्न आठ मिटर मात्र बाँकी

0

सिस्नेखोला सुरुङमार्ग आयोजनाको सुरुङ खन्न आठ मिटर मात्र बाँकी छ । अहिले दैनिक सरदर एक मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ तर कहिले छिचोलिने भन्ने तय भने भएको छैन ।आयोजनाले फागुन २३ गते सुरुङ छिचोल्ने लक्ष्य लिएको थियो । १४ मिटर खन्न बाँकी रहेको अवस्थामा स्थानीयको अवरोधका कारण गत फागुन ६ गतेदेखि काम रोकिएको थियो । यही चैत ६ गतेदेखि पुनः सुरु खन्ने काम सुरु भएको हो ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका इन्जिनियर रमेश कोइरालाले अहिले दैनिक करिब एक मिटर जति सुरुङ खन्ने काम भइरहेको र कुनै बाधा अवरोध नभए केही दिनभित्रै सुरुङ खन्ने काम सम्पन्न हुन सक्ने बताउनुभयो । इन्जिनियर कोइरालाले सुरुङ खन्ने काम तीव्र गतिमा भइरहे पनि सुरुङ छिचोल्न केही दिन ढिला हुन सक्ने बताउनुभयो । यसअघि साउन २३ गते आपत्कालीन सुरुङ छिचोलिएको थियो । आपत्कालीन सुरुङको लम्बाइ दुई हजार ५५७ मिटर र मुख्य सुरुङको लम्बाइ दुई हजार ६८८ मिटर छ । २०७६ कात्तिक ४ गते आयोजनाको शिलान्यास गरिएको थियो ।

छिचोलिएपछि सुरुङ सञ्चालनमा ल्याउन कम्तीमा १३ महिना लाग्ने इन्जिनियर कोइरालाले जानकारी दिनुभयो । आयोजना अन्तर्गत सुरुङबाहेक विभिन्न १२ वटा संरचना निर्माणाधीन छन् ।ती संरचनाको निर्माण सम्पन्न हुन अझै एक वर्ष लाग्ने सम्भावना छ । यस आयोजना अन्तर्गत सुरुङबाहेक फ्लाइओभर, अन्डरपास, ओभरपास, पुल, बक्स कल्भर्ट गरी १२ वटा थप संरचना निर्माण भइरहेका छन् ।

लेखकको बारेमा

असल खबरअसल साथी मिडिया प्रा.लि.द्वारा संचालित असल खबर डटकम डिजिटल खबर पत्रिका हो । २०७६ सालबाट नियमित रुपमा विभिन्न समसामयिक खबरहरुको साथै सामाजिक, आर्थिक, राजनीतिक ,खेलकुद ,खोजमुलक सामग्रीहरु पनि सदैव प्रकाशन र प्रसारण गर्दै आइरहेका छौँ । देश तथा विदेशको हरेक कुना-कुनामा रहेका जनमानसमाको हात-हात र नजर-नजरमा सहि र सत्य खबर पुर्याउन हामी कटिबद्ध छौँ ।

NO COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Exit mobile version