प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएपछि सहकारी ठगी प्रकरणको अनुसन्धान नै रोकिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेको छ।
मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद सुशीला थिङले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि तत्काल संसदीय छानबिन समिति बनाउने अडान कायमै रहेकाे बताउनुभयाे ।
सरकार गम्भीर नभए संसद्को बैठक वा कुनै पनि कामकारबाही हुने विषयमा सरकार नै जिम्मेवार हुने थिङले बताउनुभयाे ।सडकमा सहकारी पीडित लाखौंको संख्यामा लडिरहेको उल्लेख गर्दै उनले भनिन्, ‘अर्बौंको रकम अपचलन भएको कुरा आएको छ। यसमा सूर्यदर्शन सहकारी लगायता ६ वटाबाट करिब १ अर्ब रुपैयाँ गोर्खा मिडिया कम्पनीमा लगाइएको छ। यसरी लैजान पाउँछ कि पाउँदैन?’ थिङले प्रश्न गर्नुभयाे ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
कला, विचार/मनोरञ्जन२०८१ आश्विन २०, आईतवार १८:०२रक्तरञ्जित शक्तिपीठ र बलिप्रथाको उपादेयता समाचार२०८१ आश्विन १५, मंगलवार २०:१६विन्ध्यवासिनी मन्दिरमा हुने नवदुर्गा शोभायात्रा स्थगित राजनीति२०८१ आश्विन १३, आईतवार १५:३५बृहत विद्यार्थी भेला मार्फत नेविसंघ पिएन क्याम्पसको अध्यक्षमा तिमिल्सिना समाचार२०८१ बैशाख १२, बुधबार १९:४१धादिङको जिल्ला आयुर्वेद औषधालय १६ शैय्याको अस्पतालमा स्तरोन्नति